लिगको नयाँ टोली गिरोनासँग रियल पराजित
स्पेनिस ला लिगाअन्तर्गत आइतबार भएको खेलमा रियल मड्रिडले नवप्रवेशी टोली गिरोनासँग लज्जास्पद हार व्यहोरेको छ ।
युरोपेली च्याम्पियन रियल मड्रिड पहिलो पटक लिगमा प्रवेश गरेको गिरोनासँग २–१ ले पराजित गरेको हो ।
रियल मड्रिडले खेलको १२ औँ मिनेटमा इस्कोको गोलमा अग्रता लिएको थियो । तर गिरोनाको अब्बल रक्षा पंक्तिको अगाडि रोनाल्डो, बेन्जेमा, इसेन्सियोको केही लागेन । भर्खरै फिफा द बेस्ट अवार्ड जितेका रोनाल्डोले पनि आइतबारको खेलमा उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।
पहिलो हाफमा १–० को अग्रता लिएको रियलले दोस्रो हाफमा उक्त अग्रता कायम राख्न सफल भएन । रियल मड्रिडको रक्षा पंक्तिको कमजोरीको फाइदा उठाउँदै गिरोनाका लागि ५४ औँ मिनेटमा स्टुआनीले पहिलो गोल गरेका थिए । खेलको ५८ औँ मिनेटमा पोर्टुले गिरोनाका लागि विजयी गोल गरे ।
स्पेनमा जारी राजनीतिक तनावका बीच रियल मड्रिड गिरोनामा उत्रिएको थियो । क्याटलनले स्पेनबाट छुट्टिने घोषणा गरेपछि क्याटलन सहरमा लालिगाको पहिलो खेल भएको थियो ।
हारसँगै मड्रिड लिग तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ८ अंकले पछि परेको छ । ११ खेलबाट बार्सिलोनाको २८ अंक रहेको छ । दोस्रो स्थानमा रहेको भ्यालेन्सियिाले समान खेलबाट २४ अंक जोडेको छ भने रियलले २० अंक जोडेको छ । यो सिजनमा रियल मड्रिडको यो दोस्रो हार हो ।
la liga football