उदयपुरमा सवारी दुर्घटना, ४ जनाको मृत्यु

उदयपुर : उदयपुरमा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कटारीबाट ओखलढुंगा जाँदै गरेको ना २ ज ३१०४ नम्बरको बोलेरो जिप उदयपुरको कटारी नगरपालिका ११ ठाँटीको भिरमा सोमबार दुर्घटना भएको हो ।
उक्त जिपमा ९ यात्रु सवार रहेकाे बताइएकाे छ । दुर्घटनामा मृतकको सनाखत खुल्न तथा घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको तथा उद्धारका कार्य जारी रहेकाे इलाका प्रहरी कार्यालय कटारीका डिएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए ।
udaypur