खेल

दृष्टिविहीन क्रिकेट टोलीलाई साहस स्पोर्टसको साथ

दृष्टिविहीन क्रिकेट टोलीलाई साहस स्पोर्टसको साथ

काठमाडौँ । पाकिस्तानमा आगामी जनवरीमा हुने एक दिवसीय दृष्टिविहीन विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको राष्ट्रिय दृष्टिविहीन क्रिकेट टोलीलाई साहस स्पोर्टसले प्रायोजन गरेको छ । 

साहस स्पोर्टसका प्रबन्ध निर्देशक जनक न्यौपाने र दृष्टिविहीन क्रिकेट सङ्घका अध्यक्ष पवन घिमिरेले आज आयोजित कार्यक्रममा तीनवर्षे सम्झौतापत्रमा हस्ताक्षर गरे । 

सम्झौताअनुसार अबको तीन वर्षसम्म दृष्टिविहीन क्रिकेट टोलीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीले लगाउने सबै जर्सी साहस स्पोर्टसले प्रदान गर्नेछ भने विश्वकपमा सहभागी हुन जाने नेपाली दृष्टिविहीन टोलीलाई समान दुई सेट खेल्ने जर्सी र एक सेट अभ्यास जर्सी उपलब्ध गराउनेछ ।

दृष्टिविहीन क्रिकेट सङ्घका अध्यक्ष घिमिरले टोलीले पहिलोपटक एक दिवसीय विश्वकप खेल्न लागेको भन्दै अभ्यास गर्न उपयुक्त मैदान पाएमा नतिजा राम्रो ल्याउने विश्वास व्यक्त गरे । 

Blind Cricket nepal

विशेष