सफलताको कथा

कोरियाली अनुसन्धानकर्ता यी नेपाली साहसी युवतीको सफलताको कथा

कोरियाली अनुसन्धानकर्ता यी नेपाली साहसी युवतीको सफलताको कथा

अर्जुन बराल ।  उमेरले भर्खरै ३० टेकेकी यी साहसी युवती नेपाललाई बनाउन अहिले विदेशी भूमिमा आधुनिक शिक्षासँगै कयौं सीप सिकिरहेकी छिन् ।

दक्षिण कोरियामा बस्ने नेपाली महिलामध्ये कलिलो उमेरमै उच्च शिक्षा हासिल गरी सम्मानित पेसा र ओहोदामा पुगेकी सम्भवतः उनी प्रथम नेपाली महिला हुन् । विवाहको १६ वर्षपछि तनहुँ मझकोटका दुर्गाबहादुर र शान्ति मल्लले बिन्दु मल्ललाई जन्म दिए ।

अन्ततः तनहुँबाट काठमाडौंको नयाँबानेश्वर बसाइ सरेका मल्ल दम्पतीकी एकमात्र सन्तान हुन पुगिन् बिन्दु । सानैदेखि पढाइमा अब्बल बिन्दुलाई आफू दोस्रो भएको आजसम्म थाहा छैन । कक्षामा सधैं प्रथम हुने मल्ल असाध्यै छिटो बोल्ने र सिकाएका कुरा छिट्टै टिप्ने स्वभावकी थिइन् । आफ्नो क्लासमा सधैं नेतृत्व गर्ने क्लास लिडर थिइन्। नयाँ कुरा परीक्षण गरिहाल्ने उनको बानी थियो । जेभियर कलेजबाट बी।एस्सी। पूरा गरेपछि उनी केही समय थप अध्ययनका लागि जापान बसिन् । पुनः नेपाल फर्किएर त्रि।वि। बाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेपछि उनी दक्षिण कोरिया हान्निइन् र  इवहा वुमन्स युनिभर्सिटीबाट इन्जिनियरिङमा स्नातकोत्तर गरिन् ।

त्यसपछि उनमा अझै पढ्ने र सोही समय भित्र अन्य थुपै्र कुरा सिक्दै जाने इच्छा भयो । सोहीअनुरूप उनी योन्सेइ युनिभर्सिटी दक्षिण कोरियामा विश्वव्यापी जलवायु तथा मौसम परिवर्तन विषयमा विद्यावारिधिको अन्तिम चरणमा पुगेकी छिन् । उनी पेसाले शोधकर्ता हुन् भने सँगसँगै पारिवारिक व्यवसायको जिम्मेवारी पनि सम्हालिरहेकी छिन् ।

सोल नेसनल युनिभर्सिटीमा वरिष्ठ शोधकर्ताका रूपमा कार्यरत एक छोरीकी आमा मल्लले सोनसिक ९सोसाइटी अफ नेप्लिज स्टुडेन्ट इन कोरियाको निर्वाचित प्रथम महिला अध्यक्षको रुपमा आफ्नो कार्यभार पुरा गरी भर्खरै आफ्नो कार्यभार सोनसिकको नयाँ नेतृत्वलाई हस्तान्तरण गरेकी छिन् ।

आस्था बिन्दु लगभग बार्षिक १२०० मिलियन डलर बजेट र ३००० भन्दा बढी जनशत्ति रहेको दक्षिण कोरियाको बाताबरण मन्त्रालय अन्र्तगत पर्ने र संसारका जो सुकै रोजगारका रुपमा जोडीन चाँहने कोरियन ईन्भारमेन्ट कर्पोेरेशन डिपार्टको अनुसन्धानकर्ताको रुपमा महत्वपूर्ण भुमिकामा कार्यरत रहँनु पक्कै सानो कुरो होइन ।

हाल दक्षिण कोरियामा लगभग छ करोड रुपैयाँ लगानीमा तीन ठाँउबाट होटल संचालन गरेकी उनले कोरिया सरकारलाई बार्षिक पच्चिस लाख नेपाली रुपैया कर भुक्तान गर्छीन ।

विशेष