स्वास्थ्य

दहीमा यी चीच मिसाएर खानुहोस् फाइदै फाइदा

दहीमा यी चीच मिसाएर खानुहोस् फाइदै फाइदा


दहीको सेवन धेरै मानिसले गर्छन् वा दही मन नपराउने मानिस कमै हुन्छन् ।  दही खानमा स्वादिलो मात्रै होइन यो हाम्रो स्वास्थ्यको लागि पनि धेरै फाइदाकारी छ । दहीमा राम्रो ब्याक्टेरिया, क्याल्सियन, भिटामिनहरु र मिनरल भरपूर मात्रामा पाइन्छ जसले शरिरलाई धेरै खालका रोगहरुबाट बचाँउछ ।
धेरै मानिसहरु दहीको स्वाद बदल्नको लागि चिनी र नुन मिसाएर खान्छन् । तर, यी दुई चिज बाहेक यस्ता केही अन्य चिज मिसाएर खाएमा शरिरलाई यसको दुईगुणा फाइदा मिल्छ ।

आउनुहोस थाहा पाइराखौं ती चिजको बारेमा

१. विरेनुन र भुटेको जिरा

दहीमा विरेनुन र भुटेको जिरा राखेर खानाले स्वाद र भोक बढ्छ । यस बाहेक यसले पाचन प्रणाली पनि राम्रो हुन्छ ।

२. मह

मह र दही दुवै स्वास्थको लागि धेरै नै फाइदाजनक छ । यदि यी दुई चिजलाई मिसाएर खाएमा अनुहारको फोका, दागहरु ठिक हुन्छ र अन्यखालका समस्याहरु टाढा हुन्छन्

३. कालो मरिच

यदि तपाईको तौल अत्याधिक धेरै छ भने दैनिक दहीमा कालो मरिच र बिरेनुन मिसाएर खानुहोस् । यसले शरिरमा जम्मा भएको बोसो कम गर्छ र तौल कम हुन्छ ।

४. ड्राइफ्रुट्स

दहीमा चिनीको साथमा ड्राइफ्रुट्स मिसाएर खानुहोस । यसले कमजोरी हट्छ र र्ताल पनि कम हुन्छ । यसका साथै तपाई दिनभर फुर्तिलो महसुस गर्न सक्नुहुन्छ ।

५. ज्वानो

दहीमा ज्वानो मिसाएर खानाले बाबासीरको रोगीलाई फाइदा पुग्छ । दहीमा ज्वानोलाई पिसेर मिसाउनुहोस ।

६. भात

केही मानिसलाई माइग्रेनको समस्या हुन्छ । यो दुखाई धेरै नै भयानक हुन्छ । यदि दही र भात मिसाएर खाएमा यसबाट धेरै आराम मिल्छ ।

७. सौफ

यदि तपाईलाई अनिन्द्राको समस्या छ भने दहीमा सौफ मिसाएर खानुहोस । यसले यो समस्या पनि टाढा हुन्छ । यस बाहेक ग्याँस र जलन पनि टाढा हुन्छ ।

८. जौ

दहीमा जौ ओट्स मिसाएर खानाले शरिरलाई क्याल्सियम, पोटासियम र प्रोटिन मिल्छ जसले हड्डी मजबुत हुन्छ ।

९. केरा

दहीमा केरा मिसाएर खानाले पेटको कैयौं समस्याहरु ठिक हुन्छन् । यसको साथै रक्तचाप पनि नियन्त्रणमा रहन्छ ।

विशेष