स्वास्थ्य

दैनिक शंख बजाउनुहोस्, यस्ता रोगबाट मुक्ति पाउनुहोस्

दैनिक शंख बजाउनुहोस्, यस्ता रोगबाट मुक्ति पाउनुहोस्

हिन्दू धर्ममा पूजाको समयमा शंख बजाउने परम्परा धेरै समय अघि देखि नै चल्दै आएको छ ।  शंख घरमा राख्नाले लाभ हुने धार्मिक विश्वास रहेको छ ।

बहुउपयोगी शंखकाबारेमा आज हामी चर्चा गर्ने छौं ।

लक्ष्मी सागरबाट उत्पन्न भएकी थिइन । शंख समुन्द्र मन्थनबाट निस्किएको चौध रत्नमध्ये एक हो । शंख पनि समुन्द्र मन्थनबाट निस्किएको हुनाले लक्ष्मीको भाइ भनिन्छ । त्यसैले धार्मिक ग्रन्थमा जसको घरमा शंख हुन्छ उसको घरमा लक्ष्मिको बास हुने गर्दछ भन्ने विश्वास रहेको छ ।

यस्ता छन् शंख फुक्दा हुने फाइदाहरु

शंख ध्वनीले मानिसको मनमा सकारात्मक विचार पैदा हुने गर्दछ ।
नियमित शंख फुक्नाले नकारात्मक विचार र दुष्ट आत्माहरु टाढै रहन्छन ।
शंख बजाउँदा श्वासप्रश्वासका रोगीको रोग निको हुने गर्दछ ।
शंख बजाउँदा पेट, पथरी जस्ता रोगहरु लाग्दैन ।
शंखमा क्याल्सियम, फस्पोरस र गन्धक जस्ता भिटामिन पाइने हुनाले यसमा राखेको पानी सेवन गर्नाले हड्डी बलियो हुन्छ ।
शंखमा रातभर राखेको पानी पिउनाले कब्जियत ठिक हुन्छ ।
नियमित शंख बजाउनाले दिमागमा रंक्तसंचार ठिक हुन्छ । जसका कारण कपाल खस्ने समस्याबाट मुक्ति मिल्छ ।
शंख बजाउँदा अनुहारका मांशपेशीको कसरत हुने हुनाले अनुहारलाई चम्किलो बनाउँछ ।

विशेष