मुख्य समाचार

नारायणकाजीलाई डा. भट्टराईले फेसबुकमै यसरी उडाए

नारायणकाजीलाई डा. भट्टराईले फेसबुकमै यसरी उडाए

काठमाडौंं । नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो चुनावी अभियान विपक्षीको जस्तो खाली संसद बन्नका लागि मात्रै नभएको दाबी गरेका छन् । आफ्ना प्रतिस्पर्धी नारायणकाजी श्रेष्ठको नाम नलिएर उनले श्रेष्ठप्रति यस्तो व्यंग्य गरेका हुन् । 

डा. भट्टराई र श्रेष्ठ पहिले एउटै पार्टीमा आबद्ध थिए । पार्टी वरीयतामा श्रेष्ठभन्दा भट्टराई अगाडि थिए । तर, अहिले तिनै भट्टराई र श्रेष्ठको प्रतिस्पर्धाका कारण अहिले गोरखा क्षेत्र नं २ को चुनावी माहोल तातेको छ । अहिले पनि यी दुई उम्मेदवारमा कसको पल्लाभारी हुने भन्ने निश्चित छैन । डा. भट्टराईलाई कांग्रेस र श्रेष्ठलाई एमालेको साथ छ ।

मंगलबारको आफ्नो फेसबुक स्टाटसमा बाबुरामले घुमाउरो पारामा श्रेष्ठले जितेमा सांसद मात्रै बन्ने र आफूले जितेमा देशकै विकासको नेतृत्व गर्ने बताएका छन् ।
उनले लेखेका छन्, ‘मेरो गोरखाको चुनावी अभियान मेरो विपक्षी जस्तै फगत् एउटा सांसद बन्ने अभियान होइन, देश विकास र समृद्धिको आम नेपालीहरुको चाहनासँग जोडिएको एउटा महत्वपूर्ण पाटो हो । गोर्खालीहरुले यो राम्ररी नै बुझेका छन् ।’

उनका समर्थकले ‘बाबुराम भट्टराईको समर्थनमा युवा’ नामबाट सामाजिक सञ्जाल फेसबुकमा उनको पक्षमा सञ्चालन गरेको अभियानप्रति खुसी व्यक्त गरेका छन् । उक्त अभियान सञ्चालन गर्ने युवाहरुसँग टेलिफोनमा कुराकानी गरेको र खुसी लागेको उनले बताएका छन् ।

विशेष