मुख्य समाचार

चुनावी विश्लेषण गर्न सेनाले डाक्यो पृतनापति बैठक

चुनावी विश्लेषण गर्न सेनाले डाक्यो पृतनापति बैठक

काठमाडौं । नेपाली सेनाले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको पूर्वसन्ध्यामा पृतनापतिहरूको बैठक बोलाएको छ । यो पटक नेपाली सेनाले गतवर्षभन्दा एक महिनाअगावै पृतनापतिहरुको बैठक बोलाएको हो । 

१७ कात्तिकका लागि बोलाइएको यो बैठकको उद्घाटन रक्षामन्त्री भीमसेनदास प्रधानले गर्ने कार्यक्रम तय भएको छ । बैठकमा आठवटै पृतनापति र काठमाडौं उपत्यकाका महानिर्देशनालय, निर्देशनालय तथा विशेष बाहिनीका प्रमुखको सहभागिता रहने छ । बैठकमा पृतनापतिहरूले आ–आफ्नो क्षेत्रको राजनीतिक र सुरक्षासँग सम्बन्धित वस्तुस्थितिबारे ब्रिफिङ गर्नेछन् ।

हरेक निर्वाचनअघि सेनाले यस्ता बैठक बोलाएर चुनावी परिणामको समेत व्याख्या विश्लेषण गर्ने गरेको छ । ‘गत वर्ष मंसिरमा यस्तो बैठक बोलाइएको थियो, यसपटक निर्वाचन सुरक्षालाई पनि मध्यनजर राख्दै चाँडै बैठक बोलाइएको हो,’ स्रोतले भन्यो ।

विशेष