मुख्य समाचार

ढुंगेललाई सर्वोच्च अदालतमा उपस्थित गराइयो, अब सिधै नक्खु जेल लगिने

ढुंगेललाई सर्वोच्च अदालतमा उपस्थित गराइयो, अब सिधै नक्खु जेल लगिने

काठमाडौं । ओखलढुंगाका उज्जनकुमार श्रेष्ठ हत्याका दोषी माओवादी नेता बालकृष्ण ढुंगेललाई नख्खु जेलमा लैजाने तयारी भईरहेको सिआईबीले जनाएको छ ।

मंगलबार ललितपुरको सातदोबाटोबाट पक्राउ परेको उनलाई सर्वोच्च अदालतमा उपस्थित गराएर अदालतको फैसला कार्यान्वयन ईकाईबाट सिधै नख्खु लैजाने तयारी भईरहेको हो ।

सर्वोच्च अदालतले गरेको फैसला अनुरुप उनलाई सर्वस्व सहित जन्मकैद हुने भएको छ । त्यसैले उनलाई मंगलबार नै नख्खु जेल चलान गर्न लागिएको हो । लामो समयदेखि प्रहरीको फरार सूचीमा रहेर पनि खुलेअाम काठमाडौंमा हिँडिरहेका उनलाई गृहमन्त्रीको जिम्मेवारी समेत प्रधानमन्त्रीले सम्हालेपछि मंगलबार पक्राउ गरिएको थियो ।

विशेष