एएफसी यू–१९ फुटबल च्याम्पियनसिप छनोट : नेपाल कीर्गिस्तानसँग २–० ले पराजित
एएफसी अन्डर नाइन्टिन फुटबल च्याम्पियनसिपका छनोट खेलमा नेपाल कीर्गिस्तानसँग २–० ले पराजित भएको छ ।
कीर्गिस्तानमा जारी च्याम्पियनसिपमा नेपालले आफ्नो पहिलो खेलमा आज आयोजक कीर्गिस्तानसँग खेलेको हो । कीर्गिस्तानको लागि खेलको २० मिनेटमा बुरुभाइभले गोल गरेर अग्रता दिलाए। दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा किर्गिस्तानका सुकुरोभले दोस्रो गोल गरेका थिए ।
गत असोजमा भुटानमा भएको अन्डर एट्टिन साफ च्याम्पियनसिपको उपाधि जित्न सफल अधिकांश खेलाडी यसपटक अण्डर नाईन्टिन टोलीमा समावेश छन् ।
एएफसी अन्डर नाइन्टिन फुटबल च्याम्पियनसिपको छनोट चरणमा नेपालले आयोजक कीर्गिस्तानसँगै बहराइन, युएई र ओमानसँग पनि खेल्नेछ ।
राउण्ड रबिन लिगको आधारमा संचालन हुने छनौट चरणमा शीर्ष स्थान हात पार्ने टोली अर्को वर्ष हुने फाईनल चरणका लागि छानिनेछ ।
प्रतियोगिताका लागि एसियाका सबै टोलीलाई १० समूहमा विभाजन गरिएको छ । हरेक समुहका विजेतासँगै ५ उत्कृष्ट उपविजेता अर्को वर्ष हुने अण्डर नाइन्टिन एसिया कप फुटबल च्याम्पियनसिपको लागि छनोट हुनेछन् ।
nepal football