मनोरञ्जन

समन श्रेष्ठ बने पहिलाे 'हिमालय रोडिज'

समन श्रेष्ठ बने पहिलाे 'हिमालय रोडिज'

काठमाडौं ।   चर्चित ‘रियालिटी सो’ ‘हिमालय रोडिज’को उपाधि समन श्रेष्ठले जितेका छन् ।

‘ग्राण्ड फिनाले’मा पुगेका अर्का प्रतिस्पर्धी अनिमेशजंग शाहीलाई पछि पार्दै श्रेष्ठले रोडिजको पहिलो सिजनको उपाधि हात पारेका हुन् । उपाधि जितेसँगै उनले आठ लाख ८० हजार रुपैयाँ र बजाजको एभेञ्जर मोटरसाइकल प्राप्त गरेका छन् । उनले सिल्क एअरबाट फ्री ट्रिप र एनसेलको तर्फबाट आईफोन पनि प्राप्त गरेका छन् । ‘हिमालय रोडिज’ को अडिसन पाँच महिना अघि पोखरा, बुटवल, चितवन, धरान र काठमाडौं गरिएको थियो ।

मुलुकका पाँच स्थानबाट छानिएका १७ प्रतिस्पर्धीमध्ये दुई जनाको फाइनल यात्रा तय भएको हो । नेपाली टेलिभिजन इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय फ्रेञ्चाइज सोुको प्रसारण गत असार १९ गते शुरु भएको थियो ।

‘हिमालय रोडिज’ नेपाली दर्शकहरुलाई अन्तराष्ट्रियस्तरकै मनोरञ्जन दिन सफल भएको यसका निर्देशक अमन प्रताप अधिकारीले बताए । हिमालय रोडिजको सफलताबाट उत्साहित भएका हिमालय टेलिभिजनका कार्यकारी निर्देशक च्याङ अग्रवालले चाँडै नै  सिजन – २  घोषणा गर्ने जानकारी दिए।

हिमाली, पहाडी र तराईका क्षेत्रमा सुटिङ गरिएको हिमालय रोडिजमा प्रतिस्पर्धीले मानसिक, शारीरिक र परिस्थितिजन्य अवस्थासँग पौंठेजोरी खेलेका थिए। कार्यक्रमको यो सिजनमा र्‍यापर आशिष राना ९लाहुरे०, अभिनेत्री दिया मास्के र सञ्चारकर्मी तथा अभिनेता रेमनदास श्रेष्ठ निर्णायक थिए।

विशेष