स्वास्थ्य

यी हुन् अनुहारको छाला चम्किलो र गोरो बनाउने घरेलु उपाय

यी हुन् अनुहारको छाला चम्किलो र गोरो बनाउने घरेलु उपाय


काठमाडौं । अनुहार तथा शरीरको छाला गोरो बनाउनका लागि बजारमा पाइने क्रिम नै लगाउनुपर्छ भन्ने छैन । हामै गाँउघरमा भएको घरेलु बस्तुको उचित प्रयोगबाट पनि हामीले हाम्रो अनुहार वा छालामा निखारता ल्याउन सक्दछौं । प्राचिनकालमा पनि महिलाहरुले गोरो बन्नका लागि घरेलु सामाग्री कै प्रयोग गर्ने गर्दथे ।

अनुहार वा छाला गोरो बनाउन वा चम्किलो आकर्षक छाला बनाउनका लागि हामीले दिनहँु खानेगरेको खानपान र प्रयोग गर्ने सामानकाले असर पारिरहेको हुन्छ ।यसर्थ निम्नानुसारका घरेलु सामान प्रयोग गर्ने गरे अनुहारलाई शुरक्षित तथा चम्किलो बनाउँन सकिन्छ ।

अण्डाको प्रयोग – अण्डाको सेतो भाग अनुहारमा दल्नाले अनुहारको छाला सुख्खा हुनबाट बचाउँछ भने पहेँलो भागले छालालाई चम्किलो र मजबुत बनाउँछ ।

कागतीको रस प्रयोग – कागतीको नियमित सेवन मानिसको स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । कागतीमा प्रशस्त मात्रामा भिटामिन सी लगायतका तत्व पाइन्छ । कागतीको रस अनुहारमा नियमित लगाएर अनुहार सफा गर्दा अनुहारमा डण्डीफोर लगायत अनुहारको चिल्लोपना समेत हटाउन सहयोग पुग्दछ ।

हाम्रो गाँउघरमा पाइने स्ट्रबेरीलाई लेदो बनाई अनुहारमा दलि केही बेर राखेर धुने गरेमा पनि छाला तथा अनुहार गोरो हुन्छ । यसले अनुहारको छालालाई नरम र चम्किलो बनाउँछ । दही र महमा स्ट्रबेरीको लेदो मिलाएर अनुहारमा लगाउँदा झनै फाइदा पुग्छ । केराको प्रयोग – केराको बोक्रा फालेर त्यसलाई पिँधेर अलिकति मह राखेर अनुहारमा लगाएर दश–पन्द्र मिनेटपछि सफा पानीले धुने गर्नाले पनि छालामा निखरता आउँछ ।

अनुहार गोरो बनाउन यसै गरि काँक्रो, वेसार, सुन्तलाको बोक्राको धुलो, मेवा, अण्डाको सेतो भाग आदी पनि प्रयोग गर्न सकिन्छ । तर यी सामानहरु प्रयोग गर्दा आफ्नो छालाको प्रकारलाई बुझेर मात्र प्रयोग गर्नुपर्दछ । यस प्रकारका बस्तु प्रयोग गरेर खुल्ला अनुहार लिएर घाममा बस्नु हुँदैन । यदि बसिएमा उल्टो बेफाइदा पुर्याउन सक्छ ।

विशेष