मनोरञ्जन

ऋचाको यस्तो भयंकर रुप

ऋचाको यस्तो भयंकर रुप

काठमाडौं । अभिनेत्री ऋचा शर्मा राम्री छिन्। तर, फिल्ममा उनी लगातार जसो न‘राम्री’ देखिन थालेकी छिन्।

भर्खरै उनको पछिल्लो फिल्म ‘सुनकेशरी’को पोस्टर सार्वजनिक भएको छ, जहाँ उनको अनुहार डरलाग्दो देखिएको छ। अर्पण थापा निर्देशित हरर फिल्ममा उनलाई भयंकर डरलाग्दो भूमिकामा देख्न पाइनेछ।

शर्माले आफूलाई फिल्ममा आफूलाई यस्ता भूमिकामा प्रस्तुत गर्न थालेको पहिलोपल्ट भने होइन। यसअघि उनले ‘टलकजंग भर्सेस टुल्के’मा ‘फुली’को भूमिकामा आफ्नो असली रुप लुकाएकी थिइन् भने त्यसपछि ‘को आफ्नो’मा त कुरुपै बनेकी थिइन्।

 आफूलाई हिरोइनभन्दा पनि अभिनेत्रीका रुपमा अघि सार्न रुचाउने उनी स्क्रिनमा राम्रो होइन, राम्रो भूमिकामा प्रस्तुत हुन पाउँदा खुसी लाग्ने बताउँछिन्।

विशेष