मनोरञ्जन

नयाँपन बिनाको फिल्म वरुणको ‘जुडुवा २’ः फिल्म समीक्षा

नयाँपन बिनाको फिल्म वरुणको ‘जुडुवा २’ः फिल्म समीक्षा

काठमाडौं । बलिउड निर्देशक डेभिड धवान निर्देशित फिल्म ‘जुडुवा २’ रिलिज भएको हप्तादिन भयो । २०१४ मा डेभिडको निर्देशनमा बनेको फिल्म ‘मे तेरा हिरो’ आएको तीन वर्षपछि डेभिडले ‘जुडुवा २’ निर्देशन गरेका हुन् । यो फिल्म १९९७ मा रिलिज भएको फिल्म ‘जुडुवा’ को रिमेक हो । जसमा कुनै पनि नयाँपन छैन । फिल्मकाे स्कृप्ट र अभिनय दुवै कमजोर देखिएको छ ।

कथा

फिल्मको कथा मुम्बईका एक व्यापारी मलहोत्रा(सचिन खेडेकर) बाट सुरु हुन्छ जसको श्रीमती गर्भवती छिन् । उनी फ्लाइटबाट आफ्नी श्रीमतीको उपचार गर्न आएका हुन्छन् । ठिक त्यही समयमा एकजना गुण्डा पनि आफूलाई पुलिसबाट बचाउनका लागि चोरेको हिरा ती बिजनेसम्यानको ब्यागमा त्यो हिरा राखिदिन्छन् । अस्पतालमा ती व्यापारीकी श्रीमतीले जुम्ल्याहा बच्चालाई जन्म दिन्छिन् । त्यहीँ ती गुण्डा पनि आफ्नो हिरा लिन आइपुग्छ । त्यसपछि ती व्यापारी र गुण्डाको झगडा पर्छ । हिरा लिन आएको गुण्डालाई व्यापारीले पुलिसलाई जिम्मा लगाइदिन्छन् । त्यहीबीचमा त्यो गुण्डाले मौका छोपेर व्यापारीको जुम्ल्याहा बच्चामध्येमा एकजना बच्चालाई लिएर भाग्छ । त्यस बच्चालाई गुणले रेलवे ट्राकमा छोडिदिन्छ । जहाँ त्यस बच्चालाई एक महिलाले भेट्टाउँछिन् र पालण पोषण गर्छिन् । जो ठूलो भएपछि राजा –वरुण धवान) बन्छ । त्यस्तैगरि एक छोरालाई मरिसकेको सम्झेर उक्त व्यापारीकी श्रीमती अर्को छोलाई लिएर लण्डन जान्छिन् । उनको छोरा ठूलो भएर प्रेम(वरुण धवान) नामबाट चिनिन्छ ।

दुवैजना छुट्टै परिवेशमा हुर्किन्छन् । एक भाइ कमजोर र अर्को भाइ शक्तिशाली हुन्छन् । एक छोरा भलाद्मी हुन्छ भने अर्का चाहीँ गुण्डा । एकपटक झगडा पर्दा राजाले एकजनालाई मर्नेगरि कुट्छ । आफूलाई पुलिसबाट बचाउनका लागि ऊ भागेर लण्डन पुग्छ । दुवै भाइमा अनौठो कनेक्सन हुने हुनाले एकजनालाई चोट लाग्दा अर्कालाई दुखाई महशुस हुन्छ । दुवैसँग यस्तै प्रकारका धेरै घटना घट्छन् । त्यसबीच उनीहरुको जिन्दगीमा समारा(तापसी पन्नु) र अलिष्का(ज्याकलीन फर्नान्डेज) को आगमन हुन्छ । दुवै दाजुभाइले एकअर्कालाई कसरी भेट्छन्, के उनीहरुले ती गुण्डासँग बदला लिन्छन् जसले उनीहरुलाई अलग गराएको थियो ? यो सबै थाहा पाउनका लागि त फिल्म नै हेर्नुपर्छ ।

निर्देशन

फिल्मको निर्देशकीय पक्ष राम्रो छ । तर, कथा लेखन भने कामजोर रहेको छ । कथालाई यस भन्दा राम्रो पनि बनाउन सकिन्थ्यो । फिल्ममा केही पन्च लाइनहरु छन् जुन सुनेर हाँसो उठ्छ । फिल्मको डाइलग पनि जबर्जस्ती लाग्छन् । पहिलाको जुडुवाको तुलनामा यो फिल्ममा त्यस्तो खास केही पनि छैन । स्क्रीनप्ले अझै राम्रो हुन सक्थ्यो । फिल्मका स्टार्सलाई पनि अझै राम्री सजाउन सकिनथ्यो । फिल्मको स्क्रीप्ट र एडिटिङका पाटा एकदमै कमजोर देखिएका छन् । इन्टर्भल पछि फिल्ममा सलमान खान केही समयको लागि देखा पर्छन् । त्यस दृश्यमा सलमान र वरुण दुवै जुम्ल्याहा बनेर देखा पर्छन् ।

अभिनय

फिल्ममा वरुण धवानले आफ्नो भूमिकालाई राम्ररी निभाएका छन् । फिल्ममा जोनी लिभर केही समयका लागि देखा पर्छन् । त्यस्तैगरि फिल्ममा ज्याकलीन फर्नान्डेज र तापसी पन्नुको काम पनि राम्रो छ । तर, फिल्ममा दुवैलाई गर्नको लागि त्यस्तो खास भूमिका भने छैन । अनुपम खेर र पवन मल्होत्राको भूमिका पनि ठिकठाक छ ।

संगीत

फिल्ममा संगीत ठिकठाक नै छ । फिल्मका दुइवटा गीत, ‘उची है बिल्डिङ’ र ‘टन टना टन टनटन तारा’ परानो फिल्मबाट साभार गरिएको हो । जसलाई नयाँ शैलीमा प्रस्तुत गरिएको छ । यी दुई गीतबाहेक त्यस्ता यादगार लाग्ने गीतहरु कुनै पनि छैनन् । फिल्ममा गीतलाई अनावश्यक रुपमा लम्ब्याइएको छ जसकारण फिल्म पनि लामो भएको छ ।

हेर्ने या नहेर्ने ?

यदी तपाईं वरुण धवानको फ्यान हुनुहुन्छ भने हेर्दा हुन्छ । तर, केही नयाँ स्वाद लिन चाहनुहुन्छ भने यो फिल्म नहेर्दा नै ठिक हुन्छ किनभने यसमा केही पनि नयाँपन छैन ।
(एजेन्सीको सहयोगबाट)

Juduwa 2

विशेष