विश्वकप फुटबल २०३० : आयोजनाको लागि तीन देशको संयुक्त प्रस्ताव पेश
अर्जेन्टिना, उरुग्वे र पाराग्वेले सन् २०३० को विश्वकप फुटबल आयोजनाका लागि संयुक्त रुपमा प्रस्ताव पेश गरेका छन् ।
अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा रहेको राष्ट्रपति भवनबाट विश्व फुटबलको प्रशासकीय निकायमा दाबेदारी प्रस्तुत गर्ने घोषणा गरेका हुन् । सन् २०३० को विश्वकप आयोजनाका लागि फिफाले कम्तिमा अभैm चार महिना दाबेदारी खुल्ला गर्ने छैन ।
यद्यपि सन् २०३० मा विश्वकप फुटबल सुरु भएको एक सय वर्ष पुग्ने भएका कारण विभिन्न देशले दाबेदारीका लागि तयारी भने सुरु गरिसकेका छन् ।
विश्वकप फुटबल पहिलो पटक सन् १९३० मा भएको थियो । सन् २०२६ को विश्वकप फुटबलको आयोजनाको जिम्मा अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रुपमा पाउने सम्भावना छ ।
सन् २०२६ को विश्वकपदेखि ३२ टिमको सट्टा कुल ४८ टिमले प्रतिस्पर्धा गर्ने सम्भावना पनि रहेको छ । सन् २०१८ को विश्वकप रुसमा तथा २०२२ को कतारमा हुने पक्का भइसकेको छ ।
football worldcup 2030