मनोरञ्जन

स्वस्तिमालाई विवाह गरेकोमा यस्तो फाइदा

स्वस्तिमालाई विवाह गरेकोमा यस्तो फाइदा

काठमाडौं । नायिका स्वस्तिमा खड्मा नेपाली सिने नगरकी उदाउँदी कलाकार हुन् । केही समयअघि नै निर्देश्क निश्चल बस्नेतसँग लगनगाँठो कसेकी स्वस्तिमालाई धेरैले कम उमेरमा विवाह गरेको भनेर उडाए पनि । तर, यस विषयमा भने वैवाहिक बन्धनमा बाँधिनुले जीवनमा केही अप्ठ्यारो नपरेको बताउँछिन् उनी ।

एक अन्तर्वार्तामा अर्की नायिका प्रियंका कार्कीले स्वस्तीमालाई सोधिन्, ‘विवाह गर्नुको फाइदा के हो ?’ जवाफमा स्वस्तिमाले भनिन्, ‘घर, परिवार र पत्रकारहरुबाट अरुलेजस्तो विवाह कहिले गर्ने ? भन्ने प्रश्नको तनाव झेल्नु पर्दैन ।’

उनी अभिनित फिल्म ‘छक्का पञ्जा २’ अहिले दोस्रो हप्तामा प्रदर्शनरत रहेको छ । दीपाश्री निरौला निर्देशित फिल्ममा स्वस्तिमा लगायत दीपकराज गिरि, प्रियंका कार्की, केदार घिमिरे, जीतु नेपाल, शिवहरि पौडेल, किरण्म केसी, वर्षा राउत, स्वरुप पुरुष ढकाल आदिको पनि अभिनय रहेको छ ।

Swastima Khadka

विशेष