मनोरञ्जन

हेमा मालिनीको घरबाट ९० हजार चोरी

हेमा मालिनीको घरबाट ९० हजार चोरी


एजेन्सी । बलिउड अभिनेत्री हेमा मालिनीको गोदाममा चोरी भएको छ ।

भारतीय मिडीयाका अनुसार हेमा मालिनीको गोदामबाट ९० हजारको सामान चोरी भएको हो । उक्त गोदाममा हेमाले आफ्नो कस्ट्युम, नक्कली ज्वेलरी, सुटिङ र डान्समा काम लाग्ने सामान राख्ने गर्थिन् ।

प्रहरीले यस घटनाको जाँच गरिरहेको छ । घरेलु नोकरमाथि चोरीको शंका गरिएको छ । ती नोकर कसैलाई केही नभनी गायब भएको बताइएको छ । हेमाका म्यानेजरले गोदामको सामान भेटेनन् त्यस पछि उनले जुहु प्रहरीलाई खबर गरेका थिए । हेमा मालिनीसँग यस्तो चोरी पहिलो पटक भएको भने होइन । यो भन्दा पहिला पनि उनको ५० लाखको चोरी भसकेको छ ।

विशेष