स्वास्थ्य

बच्चालाई खोप नलगाएको भन्दै आमालाई जेल सजाय

बच्चालाई खोप नलगाएको भन्दै आमालाई जेल सजाय


एजेन्सी । अमेरिकाको मिसिगन राज्यमा एक महिलालाई आफ्नो छोरालाई खोप नगाएको अभियोगमा सात दिनको जेल सजाय दिइएको छ ।

अदालतको आदेश नमानेपछि रिवेक्का ब्रिउडो नाम गरेकी एक महिलालाई छोरालाई खोप नदिएको अभियोगमा उक्त सजाय सुनाइएको हो । ब्रिउडोले आफ्ना नौ वर्षीया छोरालाई खोप दिएकी थिइनन् ।

ब्रिउडोको पूर्व पतिलाई अस्थायी हिरासतमा राखिएको छ । यी दम्पत्तिलाई बच्चालाई खोप नलगाएको वा ढिलो गरेको भन्दै कानुनी कारवाही गरिएको बताइएको छ ।
अमेरिकाको मिसिगन राज्य बालबालिकालाई खोप नदिने राज्यमा पहिलो नम्बरमा पर्छ ।

विशेष