एसिय कप फुटबल छनौटको लागि नेपाली टोली ताजकिस्तान जाँदै
एसिया कप फुटबल छनौटको लागि नेपाली टोली शुक्रबार बेलुकी ताजकिस्तान जाँदैछ ।
नेपालले ताजकिस्तानको घरेलु मैदानमा आँउदो मंगलबार खेल्नेछ । नेपालले एक महिनाअघि काठमाडौंमा भएको खेलमा ताजकिस्तानसँग हार व्यहोरेको थियो ।
ताजकिस्तानविरुद्धको खेलको लागि नेपाली टोलीबाट फरवार्डमा जर्ज प्रिन्स कार्कीले डेब्यु गर्दै छन् भने अस्वस्थताका कारण मैदान बाहिर रहेका डिफेन्डर आदित्य चौधरी पनि प्रवेश गरेका छन् ।
नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, एलन न्यौपाने र विकेश कुथु छन् । त्यस्तै डिफेन्डरमा विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ र राजेन्द्र रावल छन् भने मिडफिल्डरमा सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, विक्रम लामा, विशाल राई, हेमन्त थापा मगर र सुजल श्रेष्ठ छन् ।
यस्तै, फरवार्डमा विमल घर्तिमगर, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट छन् । छनौटको समूह ‘एफ’मा रहेको नेपाल १ अंकसहित पुछारमा छ । फिलिपिन्स ७ अंक सहित शीर्ष स्थानमा छ । यमन ५ अंकसहित दोस्रो तथा ताजकिस्तान ३ अंकका साथ तेस्रो स्थानमा छ । समूहको शीर्ष २ मा रहने टोली सन् २०१९ मा हुने एसिया कप फुटबलमा सहभागिता जनाउने छन् ।
nepali football afc asia cup qualifiers tajikstan