मनोरञ्जन विचित्र विश्व

प्रेम र सेक्समा मान्छे भन्दा पनि अगाडि बाँदर

प्रेम र सेक्समा मान्छे भन्दा पनि  अगाडि बाँदर

एजेन्सी । के तपाईंलाई बाँदरहरुले के के गर्न सक्छन् थाहा छ ? बैज्ञानीकहरुले बाँदर र मान्छे एउटै पुर्खावाट विकसित भएको तथ्यहरु धेरैपटक सार्वजनिक गरीसकेका छन् । तर प्राईमेटोलोजीस्टहरु भने बाँदर र मान्छेको पुस्ता एउटै नभएर फरक फरक हुन् भनेर टिप्पणी गर्दछन् । तर अफ्रिकाको साभना जंगलमा एस्ता बाँदरहरुको बिचरण छ जो ठ्याक्कै मान्छे जस्तै व्यवहारहरु गर्दछन् । ती मध्ये बोनोबो एक प्रजाती हो ।

यो बाँदरको जातीले एउटैमात्र सेक्स पार्टनर बनाई एकअर्कासंग संभोग गर्ने गर्दछन् । यती मात्र होईन यौन संपर्क अघि यी बाँदरका जोडीहरुले एक अर्कालाई सुम्सुम्याउने, अंगालो हाल्ने तथा चुम्वन पनी साट्ने गर्दछन् । बिवाह गर्ने उमेर पुगेका वयस्क बोनोबो जोडी लामो समयसम्म झुण्डबाट अलग्गीएर जंगलमा एक्लै बिचरण गर्दछन र एकअर्कालाई बुझीसकेपछी मात्र यौन संपर्क राख्ने गर्दन् । अधिकांस बाँदरहरु हात र खुट्टाले हिँड्ने भएपनि यो बोनोबो धेरैबेर सम्म पछाडिका दूई खुट्टा मात्र टेकेर हिड्ने गर्दछ । विशेष गरी एक अर्कालाई प्रभाव पार्न र खतरा महशुस भएको बेलामा यसरी उभिने र कराउने गर्दछन् ।

हुन त यो प्राणी अत्यन्त दयाकारी र शान्त हुन्छ तर महीलाको लागि भने अत्यन्त कठीन सुरक्षाको व्यवस्था झुण्डकै अग्रज बोनोबो हरुले मिलाएका हुन्छन् । यिनिहरु परीवारमा मिलेर बस्ने गर्छन् । एक अर्कालाई पर्दा सहयोग गर्ने, खानेकुराहरु बांडेर खाने गर्ने गर्दछन् । यतीमात्र होईन यीनीहरु आगोसमेत बाल्न सक्छन् र पोलेर पनी खानेकुरा खाने गर्दछन् । भाले बोनोबोहरु खानेकुरा खोज्न जाने र पाथी बोनोबो बच्चाहरुलाई हेरेर बासस्थानमै बस्दछन् ।

 

BOnobo

विशेष