करेन्ट लागेर एकको मृत्यु

तुलसीपुर, दाङ । माछा मार्ने क्रममा करेन्ट लागेर दाङमा आज एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका– १८ का ५३ वर्षीय चित्रबहादुर नेपाली रहेका छन् ।
ग्वार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीलाई राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
dang