मनोरञ्जन

आफ्नै विवाहमा रोए दिपक, यस्तो छ कारण

आफ्नै विवाहमा रोए दिपक, यस्तो छ कारण

काठमाडौं । तपाईंहरुले विवाहमा बेहुली रोएको त सुन्नु भएको होा । तर, बेहुला रोएको सुन्नुभएको छ कतै ? तर, यस्तो पनि भयो । नेपालका चर्चित हाँस्य कलाकार दिपकराज गिरी आफ्नै विवाहमा रोए ।

एक अन्तर्वार्तामा बोल्दै विवाहमा रोएको कारण बताउँदै उनले भने, ‘म सानै हुँदा आमा बित्नुभयो । पहिला त आमालाई सम्झिएर रोएँ । दोस्रो कुरा, मेरो १७ वर्षको उमेरमा विवाह भएको थियो । विवाहअघि एकजनासँग प्रेम सम्बन्ध थियो । तर, जात नमिलेको कारण विवाह हुन पाएन । विवाहको दिन पूर्वप्रेमिकालाई सम्झिएर रोएँ ।’

यतिबेला उनी अभिनित फिल्म ‘छक्का पञ्जा २’ दोस्रो हप्तामा प्रदर्शनरत छ ।

 

Deepakraj Giri

विशेष