मुख्य समाचार

गोविन्द पोखरेललाई चौविस घण्टाभित्र प्युठान छाड्न आयोगको आदेश

गोविन्द पोखरेललाई चौविस घण्टाभित्र प्युठान छाड्न आयोगको आदेश

काठमाडौं ।  अनुमति बिना नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकको सरुवा गरेको भन्दै निर्वाचन आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीतेन्द्र देवसँग पुन  स्पष्टीकरण माग गरेको छ ।

राजधानीको कान्तिपथस्थित आयोगको कार्यालयमा आज बसेको बैठकले मन्त्री देवसँग पुनस् स्पष्टीकरण माग्ने निर्णय गरेको हो । आयागको सहमति विना गत असोज ९ गते प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई बदनीयत ढङ्गले सरुवा गरेको देखिएकाले आचारसंहिताको अवहेलना हुने गरी कार्य गरेको देखिएको भन्दै आयोगले २४ घन्टाभित्र स्पष्टीकरणसहित आयोगमा उपस्थित हुने मन्त्री देवलाई भनेको छ । यसअघि मन्त्री देवले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आयोगको आजको बैठकले पुनस् जवाफ मागेको हो । 

यस्तै, आयोगले नेपाली कांँग्रेसले विभिन्न स्थानमा गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेल उपस्थित भई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्तिले कुनै दल विशेषको कार्यक्रममा सहभागि भई आचारसंहिता विपरीत कार्य गरेको ठहर आयोगले गरेको छ ।  आयोगले सिइओ पोखरेललाई तत्काल प्यूठान जिल्ला छोड्न समेत निर्देशन दिएको छ । पोखरेललाई तत्काल प्यूठान जिल्ला छोड्ने वातावरण बनाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको आयोगका प्रबक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले प्यूठानका प्रमुख जिल्ला अधिकारीलाई लेखेका पत्रमा भनिएको छ , ‘पोखरेलले गत असोज ६ गतेदेखि प्यूठानका विभिन्न स्थानमा नेपाली कांग्रेसले गरेको कार्यक्रममा सहभागि भई निर्वाचन आचारसंहिता उल्लंघन गरेको सूचना प्राप्त भएकाले पोखरेललाई तुरुन्त जिल्ला छाड्ने व्यवस्था मिलाउनुहुन निर्देशानुसार अनुरोध छ ।

विशेष