खेल

दुई पटकको विश्वविजेता अर्जेन्टिनाको विश्वकप खेल्ने सपना चकनाचुर

दुई पटकको विश्वविजेता अर्जेन्टिनाको विश्वकप खेल्ने सपना चकनाचुर

काठमाडौं । दुई पटकको विश्वविजेता अर्जेन्टिनाको फिफा विश्वकप २०१८ मा छनोट हुने सम्भावना कठिन बनेको छ ।

आज बिहान भएको दक्षिण अमेरिकी छनोटको महत्वपूर्ण खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएपछि अर्जेन्टिना संकटमा परेको हो ।दक्षिण अमेरिकी छनोटको अन्तिम खेल बाँकी रहदा अर्जे्न्टिना अंक तालिकाको छैटौं स्थानमा झरेको छ । विश्वकपमा स्थान बनाउन शीर्ष चारमा रहनुपर्छ । पाँचौ भएको अवस्थामा अन्तरमहादेशीय प्लेअफमार्फत विश्वकपमा छनोट हुने आशा बाँकी रहन्छ ।

छैटौं स्थानको अर्जेन्टिनाले २५ अंक जोडेको छ । पाँचौ स्थानको पेरुको पनि २५ अंक नै छ । चौथो स्थानको कोलम्बियाको २६ तथा तेस्रो स्थानको चिलीको पनि २६ अंक नै छ । २८ अंक जोडेर दोस्रो स्थानमा रहेको उरुग्वे छनोट नजिक छ । ३८ अंक जोडेको ब्राजिलले भने रसियाको टिकट पक्का गरिसकेको छ । २४ अंक जोडेर सातौ स्थानमा रहेको पाराग्वेको पनि विश्वकपमा छनोट हुने आसा बाँकी नै छ ।

अब १० अक्टोबरमा हुने अन्तिम चरणको खेलमा दक्षिण अमेरिका छनोटको दौडमा रहेका ६ टिम मध्ये ३ सिधै छनोट हुनेछन् भने एक टिमले प्ले अफमा स्थान बनाउनेछ। २ टिमको भने विश्वकप सपना चकनाचुर हुनेछ। छनोटबाट इक्वेइडर, बोलिभिया र भेनेजुएला भने बाहिरिसकेका छन्।

विशेष