मनोरञ्जन

प्रभास र अनुष्का यही डिसेम्बरमा ‘इन्गेजमेन्ट’ गर्दै

प्रभास र अनुष्का यही डिसेम्बरमा ‘इन्गेजमेन्ट’ गर्दै

एजेन्सी । यस वर्षको सुपरहिट फिल्म ‘बाहुबली २’ मा अनुष्का शेट्टी र प्रभासको जोडीलाई धेरैले मन पराए । तर, पर्दा पछाडि पनि यी दुई प्रेम सम्बन्धमा रहेको खबर सञ्चारमाध्यममा छाउँदा पनि यी दुईले आफ्नो प्रेम सम्बन्धलाई स्वीकार गरेका थिएनन् । तर, अब आउँदो डिसेम्बरमा यी दुईबीच इन्गेजमेन्ट हुन लागेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।

भारतीय सञ्चारमाध्यमले जनाएअनुसार, दक्षिण एसियन सिनेमा म्यागजिनका फिल्म र फेसन क्रिटिक उमेर सन्धुले आफ्नो ट्वीटर अकाउन्टमा प्रभास र अनुष्काको इन्गेजमेन्टबारे खुलासा गरेका हुन् ।

उमेरले दोस्रो ट्वीटमा प्रभास र अनुष्काले अहिले प्रेम सम्बन्धमा रहेको कुरा आफूलाई बताएको उल्लेख गरेका छन् । तर, प्रभास र अनुष्काले भने यसबारे केही पनि बोलेका छैनन् ।

Pravas and Anuskha

विशेष