समाज

शंकास्पद नेपाली नागरिक अंगद सिंहका कारण ४५ वर्षीया महिलाविरुद्ध साइबर क्राइमको आरोप

शंकास्पद नेपाली नागरिक अंगद सिंहका कारण ४५ वर्षीया महिलाविरुद्ध साइबर क्राइमको आरोप

काठमाडौं । भारतको नागरिक भइसकेर पनि नेपालमा वंशजको नागरिकता बोकेर हिँड्ने यो देशमा कोही छ भने ती व्यक्ति अंगद सिहं नै हुन् । कानुनका छिद्र प्रयोग गरेर नेपालको वंशज नागरिकता लिन सफल भएका अंगद आफ्नो त्यस्तो कर्म छल्नकै लागि शक्ति केन्द्रसँग निकट सम्बन्ध देखाउने प्रयासमा धेरै समय खर्चन्छन् । उनका यस्तो तिकड्मबारे नेपालआजमा प्रकाशित समाचार फेसबुकमा सेयर गर्ने हर्सिम्रन सिंह नामक एक व्यक्तिलाई नेपाल प्रहरीले बिना कारण सात दिन थुनेर मुक्त गरेको छ ।

हर्सिम्रनले सेयर गरेको समाचारको लिंक तल उनीविरुद्ध अंगदसिंहका आफन्तहरुले गालीगलौज र डरलाग्दा आरोप लगाएर कमेन्ट लेखेका छन् । जसमध्येकी एक छिन्, ४५ वर्षकी गिफ्टी मलहोत्रा । गिफ्टीले हर्सिम्रनलाई लेखेकी छन्, ‘तिमी र तिम्रा बाबु कस्ता मान्छे हुन् मलाई सबै इतिहास थाहा छ । पर्ख देखाउँछु ।’

गिफ्टी बाहेक हर्सिम्रनलाई २४ वर्षका सिंह खाल्सा फेसबुक नामबाट जसजित सिंहले आतंकवादी भएको लेखेका थिए । उनले हर्सिम्रनलाई बलात्कारी भनेका छन् । सिंह खाल्साको कमेन्टलाई समर्थन गर्दै गिफ्टी मलहोत्राले पनि कमेन्ट लेखेकी हुन् ।

यो विषय विशुद्ध साइबर क्राइम भएको दाबी गर्दै हर्सिम्रनले महानगरीय प्रहरी परिसर अपराध महाशाखामा उजुरी दर्ता गरेका छन् ।

पैसा र पहुँचका आधारमा अंगद सिंहले केही समय अगाडि हर्सिम्रनलाई बिना कारण पक्राउ गर्न प्रहरीलाई प्रभावमा पारेका थिए । अंगद हर्सिम्रनसँग आक्रोशित थिए । उनको आक्रोश अनुसार प्रहरीले पनि हर्सिम्रनलाई बिना कारण पक्राउ गरेर सात दिन थुनेको थियो । अंगद सिंहले शक्ति केन्द्र र पैसाको प्रयोग गरि प्रहरी प्रशासनलाई प्रभावमा पार्ने गरेको आरोप लाग्ने गरेको छ । यसै कारण प्रहरीले अंगदका आफन्त विरुद्ध परेको उजुरी उपर कारबाही गर्न चासो देखाएको छैन हर्सिम्रनका आफन्तहरु बताउछन्।

र याे पनि 

प्रचण्डको परिवारमा ‘सुरक्षा थ्रेट’ सिर्जना गर्ने संदीग्ध अंगद सिंहको दोहोरो नागरिकता

 

विशेष