मनोरञ्जन स्वास्थ्य

यस्तो छ अक्षय कुमारको ‘फिटनेस फर्मुला’

बानी बदल्नुहोस्, भविष्य आफैं परिवर्तन हुन्छ

यस्तो छ अक्षय कुमारको ‘फिटनेस फर्मुला’

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमार अभिनयमात्र नभएर फिटनेसको मामलामा पनि चर्चित छन् । यतिमात्र होइन, उनी बलिउडका कलाकारमध्ये समयको मामलामा सबभन्दा बढि अनुशासित अभिनेतामा गनिन्छन् । आफ्नो स्वास्थलाई सधैं ध्यानमा राख्ने अक्षय भन्छन्, ‘राती उजागर हुने मानिसहरु उल्लु हुन् । चाँडै सुतेर चाँडै उठ्ने बानी बसाल्नुपर्छ ।’ एक अन्तर्वार्तामा उनले दिएका फिटनेस टिप्स यस्ता छन् ।

१) सर्वप्रथम बानी बदल्नुहोस्, भविष्य आफैं परिवर्तन हुन्छ ।
२) दैनिक आधा घण्टा अनिवार्य व्यायाम गर्नुहोस् ।
३) लिफ्टको साटो भर्याङ प्रयोग गर्नुहोस् । हिड्ने समय निकाल्ने प्रयास गर्नुहोस् ।
४) चिनी कम मात्रामा खाने गर्नुहोस् ।
५) चिल्लो खानेकुरामा कम गर्नुहोस् । खानै मन लागेमा हप्ताको एकदिनमा खाने गर्नुहोस् ।
६) खाना खाने समयमा तरकारी बढि खाने गर्नुहोस् ।
७) ३५ वर्ष माथिकाले वर्षमा एक पटक अनिवार्य ब्लड टेस्ट गराउने गर्नुहोस् ।

 

akshya kumar

विशेष