मनोरञ्जन

रहेनन् बलिउड निर्देशक कुन्दन शाह

रहेनन् बलिउड निर्देशक कुन्दन शाह

एजेन्सी । भारतीय फिल्म निर्देशक कुन्दन शाहको ६९ वर्षको उमेरमा निधन भएको छ । चर्चित फिल्म ‘जाने भी दो यारों’ बाट उनले चौतर्फी चर्चा कमाएका थिए ।

शुक्रबार राती मुम्बईमा हृदयघातका कारण उनको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । आफ्नो जीवनकालमा उनले कयौं हिट र लोकप्रिय टिभी सिरियल पनि बनाएका थिए ।

उनका ‘कभी हां कभी ना’, ‘दिल है तुम्हारा’, ‘क्या कहना’ जस्ता फिल्म र ‘नुक्कड’, ‘वाग्ले की दुनियाँ’ जस्ता सिरियल चर्चित छन् ।

 

Kundan Shah

विशेष