मनोरञ्जन

पत्रकार सम्मेलनमा शाहरुखलाई सलमान खान भनेर सम्बोधन गरिएपछि...

पत्रकार सम्मेलनमा शाहरुखलाई सलमान खान भनेर सम्बोधन गरिएपछि...

एजेन्सी । बलिउड अभिनेता शाहरुख खानले ‘टीईडी टक्स इण्डिया’ नाम गरेको टेलिभिजन सो सञ्चालन गर्ने भएका छन् । सलमान खान र अक्षय कुमारले टेलिभिजन सोमा राम्रै चर्चा पाइरहेको बेला शाहरख खानले पनि टेलिभिजन सो सञ्चालन गर्ने भएका हुन् ।

शाहरुख खानले आफ्नो टेलिभिजन सो कार्यक्रमबारे जानकारी दिन आयोजना गरेको सो कार्यक्रममा एक जना महिला पत्रकारले उनलाई सलमान खान भनेर सम्बोधनसमेत गरेकी थिइन् । तर ती महिला पत्रकारले तुरुन्तै आफ्नो गल्ती सच्याउँदै माफ मागेकी थिइन् ।

हँसिमजाक गर्न माहिर शाहरुख खानले लगत्तै ती महिला पत्रकारको नाम सोधेका थिए । ती महिला पत्रकारले आफ्नो नाम लिपिका भएको बताएपछि शाहरुख खानले ठट्यौली भाषामा भने, ‘ठिकै छ दीपिका चिन्ता नगर ।’ लगत्तै उनले गल्ती सच्याउँदै फेरि बदलाको शैलीमा भने, ओह, सरी दिपिका ।’ शाहरुखको जवाफले सबैतिर व्यंग्यको हाँसो छाएको थियो ।

कार्यक्रममा पत्रकारहरुको जिज्ञासामा शाहरुख खानले आफूले कसैलाई पनि प्रतिस्पर्धीको रुपमा नहेर्ने गरेको जवाफ दिएका थिए ।

 

 

विशेष