खेल

अम्पायर बसेका किशोरको बलले लागेर मृत्यु

अम्पायर बसेका किशोरको बलले लागेर मृत्यु

बंगलादेशमा एक किशोरको क्रिकेट बलले लागेर मृत्यु भएको छ ।

स्थानीय प्रहरीका अनुसार १७ वर्षीय राफिकुल इस्लामको अम्पायर बसेका बेला छातीमा बलले लागेर मृत्यु भएको हो । शुक्रबार मैदानमा अम्पायर बसेका राफिकुलको ढाका मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

अम्पायर बसेका राफिकुलको छातीमा बलले लागेको थियो । उनी गरिब परिवारमा हुर्किएको बताइएको छ । उनको बुवा रिक्सा चलाउने गर्छन भने आमा घरको काम गर्ने गर्छिन् ।

तीन वर्षअघि यस्तै गरि अष्ट्रेलियाका ब्याट्सम्यान फिलिपको निधन भएको थियो ।

bangladesh umpire

विशेष