समाज

कालीगण्डकीले बगाएर एक बालिका बेपत्ता

कालीगण्डकीले बगाएर एक बालिका बेपत्ता

बाबियाचौर, म्याग्दी । कालीगण्डकी नदीले बगाएर म्याग्दीमा आज एक बालिका बेपत्ता भएकी छिन् । 

अन्नपूर्ण गाउँपालिका– ६ मा पर्ने रातोपानीबाट कालीगण्डकीले बगाएर बेनपा–२ की १२ वर्षीया कृष्ट्रिना थापा बेपत्ता भएकी जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । रातोपानीस्थित कालीगण्डकी किनारमा रहेको तातोपानीमा नुहाउने क्रममा चिप्लेर कालीगण्डकीमा खसेको प्रहरीले जनाएको छ । 

थापाको खोजीका लागि भुरुङ तातोपानी, गलेश्वर र कालीपुल बसपार्कस्थित प्रहरी चौकीबाट प्रहरी टोली परिचालन भएपनि आज साँझसम्म पनि भेट्टाउन सकिएको छैन । फुपूको घरमा गएकी थापा नुहाउन कालीगण्डकी किनारमा गएकी थिइन् । 

drown

विशेष