मनोरञ्जन

‘जोनी जेन्टलम्यान’ ले उडायो सपना

‘जोनी जेन्टलम्यान’ ले उडायो सपना

काठमाडौं । फिल्म ‘नाइ नभन्नु ल ४’ मा भीडमै हराएकी थिइन्, आँचल शर्मा । जोनी जेन्टलम्यानमा भने प्रमुख भूमिका पाइन् । तर, उनी यस फिल्मसँग आशावादी हुनुको कारण मुख्य भूमिका भएर मात्र होइन । ‘रियल प्रेमी’ पल शाहसँगको अनस्क्रिन रोमान्सले आँचल उत्साहीत बनेकी थिइन् ।

पलको दोस्रो फिल्म ‘म यस्तो गीत गाउँछु’ हिट भएप्छि त उनी झन् फुरुंग । तर, ‘जोनी जेन्टलम्यान’ बाट जोडी नै चम्किने आँचलको सपना हुरीले उडाएको छ । कारण, ३० भदौमा प्रदर्शीत यस फिल्मले न बक्स अफीसमा कमाल गर्यो, न सकारात्मक समीक्षा नै बटुल्यो । कतिसम्म भने उनीहरुको अभिनयले समेत प्रशंसा पाएन । फिल्म फ्लप भएपछि सम्बन्धमा पूर्णविराम लागेका उदाहरण प्रशस्त छन् । अनि, आँचलको ढुकढुकी नबढोस् पनि कसरी ?

नेपाल साप्ताहिकबाट

Aanchal Sharma

विशेष