मनोरञ्जन

प्रदिपको चुरीफुरी कति दिनसम्म टिक्ला ?

प्रदिपको चुरीफुरी कति दिनसम्म टिक्ला ?

काठमाडौं । प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत २’ हिट भयो । नयाँ फिल्म ‘लिलीबिली’ बाट उनले २६ लाख रुपैयाँ पारिश्रामिक लिए । यही फिल्मको प्रेस मिटमा चारजना बडीगार्डसहित उपस्थित भए । शंकै छैन, प्रदिप ‘टक अफ द टाउन’ बनेका छन् ।

तर, यत्तिमै सीमित भएन चर्चा । ‘प्रेमगीत २’ का निर्माता सन्तोष सेनले ५३ लाख रुपैयाँ पर्ने कार उपहार दिएपछि त उनीतिर पुरै फिल्मवृत्ताको ध्यान तानिएको छ । कतिपयले यसलाई आत्मरतिमा रमाउने मेलोको रुपमा टिप्पणी गरेका छन्, कतिले सस्तो प्रचारबाजी ।

त्यस्तै उनको स्टारडमको प्रभाव मान्ने पनि उत्तिकै छन् । जे होस्, प्रदिपले आमअभिनेता, अझ अनमोल केसी भन्दा आफूलाई माथि उभ्याउने प्रयास गरेकै छन् । त्यतिमात्र होइन, राष्ट्रपतिलाई जस्तै आफूलाई पनि सुरक्षागार्ड दिएर सम्मान गरिएको भन्नसमेत बाँकी राखेनन् । तर, यो चुरीफुरी टिकाइराख्न सक्षम होलान् त उनी ? शंकै छ । यस्तै प्रवृत्तिका कारण रमेश उप्रेती, धीरेन शाक्यदेखि आर्यन सिग्देल पाखा लागेको तीतो यथार्थ जो छ ।

नेपाल साप्ताहिकबाट

pradeep khadka

विशेष