मनोरञ्जन

‘रुद्रप्रिया’ पनि फ्लप भयो भने के गर्छिन् रेखा ?

‘रुद्रप्रिया’ पनि फ्लप भयो भने के गर्छिन् रेखा ?

काठमाडौं । करिअर त ओरालो लागेकै थियो, राजनीतिमा समेत रेखा थापाले सन्तोषको श्वास फेर्न पाइनन् । कमल थापाको हातबाट टीका लगाएर अन्तिम पार्टी भन्दै राप्रपा प्रवेश गरे पनि वर्ष दिन टिक्न सकिनन् । यतिबेला उनी पशुपतिशमशेर राणाको नयाँ पार्टीतिर लागेकी छिन् । तर, अहिलेकै लागि राजनीतिभन्दा चिन्ता छ, रुद्रप्रियाको ।

फ्लप फिल्मको ‘ह्याट्रिक’ बाट बच्नुपर्ने बिडम्बना जो छ । उनका पछिल्ला दुई फिल्म ‘पलाँस’ र ‘डायरी’ असफल भएका थिए । त्यसैले आफ्नै होम प्रडक्सनको रुद्रप्रियाको सन्दर्भमा निकै संवेदनशील छिन् उनी । ‘चिरबिर चिरबिर...’ गीतले धेरथोर चर्चा बटुल्यो । रेखा मख्ख । तर, ट्रेलरले भने टाउको दुखाएको छ । किनभने दुई सातामा युटुबमा चार लाख भ्युज बटुल्नै सुस्किल पर्यो । न त नेपाल ट्रेन्डिङको अग्रस्थानमा नै आयो । अर्कातिर ‘तिमी बाहेक...’ गीतले पनि अपेक्षित लोकप्रियता हासिल गर्न सकेन । क्या फसाद !

नेपाल साप्तिाहिकबाट

विशेष