स्वास्थ्य

ग्यास्ट्रिकको समस्या छ, यसो गर्नुहोस् च्वाट्टै हुन्छ

ग्यास्ट्रिकको समस्या छ, यसो गर्नुहोस् च्वाट्टै हुन्छ


काठमाडौं । ग्यास्ट्रिक नेपालीहरुको राष्ट्रिय रोग हो भन्दा फरक नपर्ला ।

खाना समयमा नखाएर मात्रै होइन खाना खान नजानेर पनि ग्यास्ट्रिकको रोगीहरु बढ्दै जान थालेको छ । यही रोग लिएर आजभोली अस्पताल जानेहरुको संख्या पनि बढ्दो रहेको छ । यदी ग्यास्ट्रिककै समयस्या हो भने यी कुराहरुमा ध्यान दिएको खण्डमा समयमै तपाईको रोगको निदान हुनसक्छ ।

पानी पिउने

लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फेन्टाजस्ता कोल्डड्रिङसकको प्रयोग गर्नु हुँदैन । यसले पेटमा ग्यास बढाउँछ ।

लसुनपानी

बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग निल्ने हो भने ग्यास्ट्रिक भएकाहरूलाई फाइदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ ।

खाना समयमा खाने

ग्यास्ट्रिक भएकाहरूले सकेसम्म प्रत्येक दुई घन्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ ।

कागतीपानी

पेटमा धेरै ग्यास भएको अवस्थामा कागतीपानी पिउने गर्नुपर्छ । यसले ग्यास हटाउने काम गर्छ र पेट फुल्न दिँदैन । खाली पेटमा कागतीपानी खानाले पेटमा ग्यास कम हुन्छ ।

कार्बोहाइड्रेड कम खाने

पेटमा ग्यास जमेर पचाउन गाह्रो पर्ने भएकाले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ ।

दूध नपिउने

ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।

विशेष