मनोरञ्जन

अमिताभको जुत्ताको पूजा हुने मन्दिर

अमिताभको जुत्ताको पूजा हुने मन्दिर

काठमाडौं । तपाईंले भगवानको मन्दिरमा पूजा आराधना भएको त सुन्नुभएकै होला । तर, भारतमा एक यस्तो मन्दिर छ जहाँ वलिउड अभिनेता अमिताभ वच्चनको पूजा गरिन्छ ।

भारतको कोलकाटामा रहेको मन्दिरमा हरेक दिन ६ मिनेटको आरती हुन्छ । आरतीपछि अमिताभ र उनको जुत्ताको पूजा हुन्छ । यतिमात्र होइन, आरती गर्नु अघि ९ पन्नाको अमिताभ चालीसा पनि पढ्ने चलन छ त्यहाँ ।

उक्त मन्दिरमा पूजा गरिने जुत्ता अमिताभले फिल्म ‘अग्निपथ’ मा लगाएका थिए । अमिताभले ‘अक्स’ मुभीमा प्रयोग गरेका कुर्सी पनि त्यहाँ राखिएको छ । अमिताभका फ्यान सञ्जय पटौदियाले मन्दिरको निर्माण गरेका हुन् । पटौदीको आग्रहमा अमिताभले उक्त कुर्सी र जुत्ता दिएका थिए ।

विशेष