ऋतिक रोशनले तोडे चुप्पी, भने ‘मलाई कंगनाले फसाईन्’
एजेन्सी । भारतको एक चर्चीत टेलिभिजन कार्यक्रम ‘आप की अदालत’ मा बलिउड अभिनेत्री कंगना रनावतले काबिल नायक ऋतिक रोशनलाई लगाएको आरोप केवल आफूलाई फसाउनको लागिमात्र लगाएको बताएका छन् । उनले कंगनाको उक्त बयानले समाजमा मुख देखाउन अप्ठेरो भइरहेकोसमेत जानकारी दिए । आफ्नी पत्नी सुजानसँग सम्बन्ध विच्छेद गर्दासमेत कुनै झगडा नै नभई अलग भएको दाबी गर्ने रोशनले भने, ‘मैले वास्तविक जीवनमा कसैलाई पनि एक झापडसमेत हानेको छैन र कसैसँग बाझेको पनि छैन् ।
‘म एउटा सामाजिक प्राणी हुँ, समाजमा मेरो पनि हैसियत छ । त्यसलाई कार्यक्रमका प्रस्तोता रजत र कंगनाले मिलेर सत्यानास पारेका छन् । अव म सहन गर्नसक्ने अवस्थामा छैन । मलाई यो पनि थाहा छैन की, म कुन शब्द प्रयोग गरेर मेरो अवस्थाको जिकिर गर्नसक्छु । अहिले कंगनाकाे र मेराे जति पनि फाेटाे भाइरल भएका छन् । ती सबै कंगनाले फाेटाेसप गरेर मलार्इ बदनाम गर्न खाेजेकी हुन् ।’ उनले भने ।
सिने पत्रकार प्रणव गोस्वामीसँगको संवादमा ऋतिक रोशन अत्यन्तै निरास मुद्रामा प्रस्तुत भए । ‘जब मामला अदालतमा पुगिसकेको छ भने मैले बोलेर केही हुँदैन । जे बोल्छ प्रमाणहरुले बोल्छन् , अदालतका लागि मसँग प्रशस्त प्रमाणहरु छन् । कंगनाले मलाई कस्तो कस्तोसम्म इमेलहरु गरेकी छन् ।’ ऋतिक रोशनले आफूलाई आफ्नो इमेल प्रयोग गरेर मानसिक रुपमा बिछिप्त बनाएको भन्दै कंगनाले मुम्वईको साइवर क्राईम शेल अन्र्तगत अदालतमा मुद्दा दायर गरेकी छिन् ।
बलिउडमा अहिले कंगना र रोशनबिच कस्तो सम्बन्ध थियो, वा यिनीहरुबीच प्रेमसम्बन्ध थियो या थिएन भनेर दुईतर्फी बिचारहरु आईरहेका छन् ।