खेल

अष्ट्रेलियामाथि भारतको दबदबा, टि–२० मा लगातार सातौं जित

अष्ट्रेलियामाथि भारतको दबदबा, टि–२० मा लगातार सातौं जित


राची । टि–२० क्रिकेटको पहिलो खेलमा भारतले अस्ट्रेलियालाई डर्क वर्थ एन्ड लुइस नियमको आधारमा ९ विकेटले पराजित गरेको छ ।

अस्ट्रेलियाले १८ दशमलव ४ ओभरमा ८ विकेट गुमाउँदै १ सय १८ रनबनायो । भारतले टस जितेर ब्याटिङको निम्तो दिएको अस्ट्रेलियाले लगातार विकेट गुमाएको थियो। ८ विकेट झरिसकेपछि पानी पर्न सुरु भएको थियो ।

लामो समय वर्षाले खेल प्रभावित भएपछि डक वर्थ नियम लागु भएको थियो । जसमा भारतलाई ६ ओभरमा ४८ रन बनाउनु पर्ने सुधारिएको लक्ष्य प्राप्त भयो। भारतले रोहित शर्माको विकेट गुमाएर ५ दशमलव ३ ओभरमा जित हात पार्यो ।

भारतका लागि शिखर धवनले १५ र कप्तान विराट कोहलीले २२ रन बनाए ।

टि–२० मा अस्ट्रेलिया विरुद्ध भारतको यो लगातार सातौ जित थियो। म्यान अफ दि म्याच चाइनाम्यान कुलदीप यादव घोषित भए ।

विशेष