खेल

विश्वकप छनोट खेललमा फ्रान्सद्वारा बुल्गेरिया पराजित, स्विडेन, पोर्चुगल र स्विट्जरल्याण्ड विजयी

विश्वकप छनोट खेललमा फ्रान्सद्वारा बुल्गेरिया पराजित, स्विडेन, पोर्चुगल र स्विट्जरल्याण्ड विजयी

काठमाडौं । विश्वकप फुटबल छनोट अन्तर्गत शनिबार राती भएका खेलमा फ्रान्स, पोर्चुगल, स्विडेन र स्विट्जरल्याण्ड विजयी भएका छन् ।

समुह ए को खेलमा बुल्गेरियालाई १–० ले हराउँदै फ्रान्सले अर्को वर्ष रुसमा हुने विश्वकपमा सोझै छनौट हुने संभावना बलियो पारेको छ । यो समुहमा एक खेल बाँकी छँदा फ्रान्सको २० अंक छ भने दोस्रो स्थानको स्विडेनको १९ अंक छ । अन्तिम खेलमा फ्रान्सले बेलारुससँग तथा स्विडेनले नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ ।

रातीका खेलहरुमा स्विडेनले लक्जेम्बर्गलाई ८–० ले हराँउदा नेदरल्याण्ड्सले बेलारुसलाई ३–० ले पराजित गर्‍यो । विश्वकप छनौट अन्तर्गत समुह बी का खेलहरुमा शिर्ष स्थानको स्विट्जरल्याण्डले हंगेरीलाई ५–२ ले हराउँदा पोर्चुगलले एण्डोरालाई २–० ले पराजित गर्‍यो ।

यसैगरी समुह एच को खेलमा विश्वकपमा छनौट भईसकेको बेल्जियमले बोस्नियालाई ४–३ ले पराजित गर्दा ग्रिसले साईप्रसलाई २–१ ले तथा ईस्टोनियाले जिब्रल्टारलाई ६–० ले हराएका छन् । 

विशेष