मुख्य समाचार

अब काम थालेदेखि नै सञ्चयकोष र उपदान पाइने, हट्यो स्थायी र अस्थायीको विभेद

अब काम थालेदेखि नै सञ्चयकोष र उपदान पाइने, हट्यो स्थायी र अस्थायीको विभेद

काठमाडौं । कामदारले काम थालेको दिनदेखि सञ्चयकोष र उपदान पाउने व्यवस्था भएको छ ।

यो सुविधा पाउन स्थायी हुनुपर्ने छैन । नयाँ श्रम ऐन–२०७४ ले सबै कामदारलाई सामाजिक सुरक्षाको व्यवस्था गरेको हो । नयाँ श्रम ऐन गत भदौ १९ गतेबाट लागू भइसकेको छ । यसअघिको ऐनले कामदार स्थायी भइसकेकपछि मात्रै सञ्चयकोष र उपदान पाउने व्यवस्था थियो । श्रम ऐनअनुसार पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक,वा बौद्धिक कार्य गर्ने कामदार वा कर्मचारी वा जुनसुकै नामको पद  दिई काम गरेकाले यी सुविधा पाउनेछन् ।

स्थायी र अस्थायी कामदारको सट्टा अबदेखि नियमित, कार्यगत, समयगत आकस्मिक र आंशिक कामदारको रूपमा वर्गीकरण गरिएको छ । यी कामदारले आधारभूत पारिश्रमिकबाट दश प्रतिशत रकम कट्टा गरी सो रकममा शतप्रतिशत रकम थप गरी सञ्चयकोषबापतको रकम जम्मा गर्नुपर्नेछ ।

त्यस्तै आधारभूत पारिस्मिकको आठ दशमलव ३३ प्रतिशत बराबरकाे रकम उपदानबापत जम्मा गर्नुपर्नेछ । यदि सञ्चयकोष र उपदानको रकम जम्मा गर्न नसकिने भए प्रत्येक महिना तलबै थप गरी दिनुपर्ने ऐनमा उल्लेख छ । घरेलु कामदारले समेत यो सुविधा पाउनेछन् ।

‘प्रत्येक श्रमिकले काम गरेको दिनदेखि नै सञ्चयकोष र उपदान पाउने व्यवस्थाले स्थायी र अस्थायी भनेर विभेद गर्ने अवस्था हट्यो’, श्रम मामिलाका जानकार अधिवक्ता रमेश बडालले भने, ‘नयाँ ऐन कार्यान्वयनसँगै कामदारको सामाजिक सुरक्षाको ग्यारेण्टी हुनेछ।’ यो ऐन घरेलु कामदारदेखि एक जना मात्र कामदार रहेका समेत फर्म, साझेदारी फर्म, सहकारी संस्थामा लागु भएको छ। यसअघि १० जना कामदार भएका प्रतिष्ठानमा मात्रै श्रम ऐन लागु हुन्थ्यो ।

कान्तिपुर 

विशेष