प्रवास

अष्ट्रेलियाको एक शौचालयमा क्यामरा राख्ने नेपालीको वयान, किन राखे मलाइ नै थाहा छैन

अष्ट्रेलियाको एक शौचालयमा क्यामरा राख्ने नेपालीको वयान, किन राखे मलाइ नै थाहा छैन


सिड्नी । अष्ट्रेलियको सरीहिल्सस्थित उलवर्थ सुपरमार्केटको शौचालयमा क्यामेरा राख्ने नेपाली विद्यार्थी विवेक गुरागाईंले आफुले गल्ती गरेको स्वीकार्दै पीडित सबैसमक्ष माफी मागेका छन् ।

उनले अदालतसमक्ष उक्त गतिविधीबाट पीडित सबैसमक्ष माफी मागेका हुन् । विवेकका तर्फबाट उनका वकिलले पीडितपक्ष र उलवर्थका लागि माफी पत्र लेखेका हुन् । पत्रमा उनले भनेका छन्, ‘मेरो कारणले सहकर्मी, परिवार, इष्टमित्र र साथीभाई सबै तनावमा हुनुहुन्छ । तर म अझै यो बुझ्ने प्रयास गरिरहेको छु कि मैले यस्तो कार्य किन गरें ?’   डिसेम्बरमा नेपाल फर्काइने अरुको सहमतिबीना यौनिक गतिविधि क्यामेरामा कैद गरेको आरोपमा विवेकलाई १० महिनाको सजाय सुनाइएको छ । तोकिएको सजाय पुरा भएपछि विवेकलाई डिसेम्बरमा नेपाल फर्काइनेछ ।   

उनले लेखेको क्षमा पत्रमा आफुले गल्ती गरेको र मौका पाएको अवस्थामा आउँदो दिनमा कहिलेपनि यस्तो कार्य नदोहोर्याउने उल्लेख गरेका छन् । तर कानुनविद्हरु भने उनलाई देशनिकाला गरिने निर्णय फिर्ता हुने संभावना निकै न्यून रहेको बताउँछन् । 

विवेकलाई हाल डिटेन्सन सेन्टरमा राखिएको छ । २३ वर्षिया विवेक युटिएसमा स्नातक तह इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत थिए । प्रहरीले विवेकको मोवाईल फोनबाट शौचालयमा खिचिएका २ सय ५० नग्न तस्विर फेला पारेको थियो ।

विशेष