खेल

एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल्ने नेपाली टोली घोषणा

एएफसी फुटसल च्याम्पियनसिप छनोट खेल्ने नेपाली टोली घोषणा

काठमाडौं । एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट प्रतियोगिताका लागि १४ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक राकेश श्रेष्ठले छनोट गरेको टोलीमा २ गोलकिपर, ३ डिफेन्डर, ५ मिडफिल्डर र ४ फरवार्ड अटाएका छन् । गोलकिपरतर्फ अनिष श्रेष्ठ र सुमित कुमार आलेले राष्ट्रिय टिममा स्थान बनाउदा डिफेन्समा सौरभ मगर, राज शाही र अमित तामाङ अटाएका छन् । मिडफिल्डमा अभय राना, मनिकुमार राना, विनोद गूरुङ, नविन लामा र अरुज सिंह परेका छन् । फरवार्डमा सुसन श्रेष्ठ, सञ्जोग महर्जन, निर्मल गूरुङ र सुरज रावतले स्थान बनाएका छन् । नेपालले पहिलो पटक औपचारिक रुपमा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउदैछ ।

ईरानको ताबरिजमा आगामी शुक्रबारबाट सूरु हुने प्रतियोगिता ८ दिन सम्म चल्नेछ । नेपाल रहेको समुह एमा उज्वेकिस्तान, कीर्गिस्तान र तुर्केमेनिस्तान छन् । समुह विजेता र उपविजेता च्याम्पियनसिपका लागि छनोट हुनेछन् ।

विशेष