मनोरञ्जन

अभिनेता अर्जुन कपुरलाई बलात्कारी भनेपछि...

अभिनेता अर्जुन कपुरलाई बलात्कारी भनेपछि...

मुम्बई । अभिनेता अर्जुन कपुरलाई एक किशोरीले ट्विटरमा बलात्कारीको संज्ञा दिएकी छिन् । इसिका रायको ट्विटर हयान्डलबाट अर्जुनलाई अपराधी र नकारात्मक उर्जा भएको व्यक्ति भनेर प्रतिक्रिया जनाइएको छ।

ट्विटरमा लेखिएको छ, ‘अर्जुन कपुर कति खत्तम देखिन्छन् भने उनी बलात्कारी, अपराधी र नकारात्मक उर्जा भएको व्यक्ति हुन् । उनले बलिउडबाट बाहिरिए हुन्छ, युवा तथा नयाँ प्रतिभाको आगमनका लागि ।’

महिलाको अप्रत्यासित प्रतिक्रियामा अर्जुनले खराब जवाफ दिएका छैनन् । उनले भनेका छन्, ‘ट्रोलिङमा म खासै ध्यान दिन्न । एक महिला, एउटी केटी लाजमर्दो तरिकाले बलात्कारी शब्दको प्रयोग गरिरहेकी छिन् । यो ट्रोलिङ होइन, दुःखद कुरा हो।’

पछिल्लो केही वर्षदेखि बलिउड स्टारलाई ट्रोल गर्ने घटना बढ्न थालेको छ । मल्लिका शेरावतको कामुक फोटो सुटमा एकजनाले ट्रोल गरेका थिए, उनी आन्टी जस्तै देखिन थालेकी छिन् ।

अर्जुन र परिणीतिको दुई वटा फिल्म ‘सन्दीप और पिंकी फरार’ र ‘नमस्ते क्यानडा’ रिलिजको तयारीमा छ ।

विशेष