खेल

रियलका पूर्व खेलाडी रिकार्डोलाई ८ महिनाको जेल सजाय

रियलका पूर्व खेलाडी रिकार्डोलाई ८ महिनाको जेल सजाय

म्याड्रिड । स्पेनमा रहेको समय कर छलीको आरोपमा चेल्सी तथा रियल म्याड्रिडका पूर्व डिफेन्डर रिकार्डो कार्वाल्होलाई एक अदालतले ८ महिना जेल सजाय सुनाइएको छ । हाल उनि चीनको शंघाई एसआईपिजीसँग आबद्ध छन् ।

स्पेनमा रियलसँग रहँदा तस्विर प्रयोगको अधिकारबाट कमाएको करिब ५ सय हजार युरो बराबर कर छलेको आरोपमा उनलाई ७ महिना जेल सजाय र १ लाख ४२ हजार युरो जरिवाना सुनाइएको छ । उनलाई १२ महिना जेल सजाय हुने भएपनि गल्ति स्विकारेपछि ८ महिनामा झारिएको हो ।

स्पेनमा हिंसा बाहेकका आरोपमा २ वर्षभन्दा थोरै समयको जेल सजाय माफ हुने भएकाले कार्वाल्होले जेल भने बस्नु पर्ने छैन । हाल स्पेनिस फुटबलका दुई स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी पनि कर छलीको मुद्धामा परि सकेका छन् ।

विशेष