खेल

रसियामा हुने विश्वकपका लागि १५ देश छानिए (नामावलीसहित)

रसियामा हुने विश्वकपका लागि १५ देश छानिए (नामावलीसहित)

काठमाडौं । आगामी वर्ष रसियामा हुने फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिलेसम्म १५ देशले आफ्नो स्थान सुरक्षित गरेका छन् । बाँकी १७ स्थानका लागि छनोट प्रतियोगिता जारी छ । ३२ स्थानको लागि ६ महादेशमा २ सय ९ टिमबीच २ वर्षदेखि छनोट जारी छ ।

आयोजक रसियासहित युरोपबाट स्पेन, बेल्जियम, जर्मनी, इंग्ल्यान्ड र पोल्यान्ड गरी ६ टिम छनोट भएका छन् । रसिया एघारौं पटक विश्वकपमा छनोट भएको हो । यस्तै जर्मनी १९औं पटक, इंग्ल्यान्ड १५औं पटक, बेल्जियम १३औं पटक र स्पेन १५औं पटक विश्वकपमा छनोट भए। आठौं पटक छनोट भएको पोल्यान्ड सन् २००६ पछि विश्वकपमा फर्कियो ।

एसियाबाट इरान, दक्षिण कोरिया, जापान र साउदी अरेबिया छनोट भइसकेका छन् । इरान पाँचौ पटक, जापान छैटौं पटक, दक्षिण कोरिया दसौं तथा साउदी अरेबिया पाँचौ पटक विश्वकपमा छनोट भए । एसियाबाट साउदी २००६ पछि पहिलो पटक छनोट भयो ।

यता उत्तर, मध्य अमेरिका तथा क्यारेबियन क्षेत्रबाट मेक्सिको र कोस्टारिकाले विश्कपमा स्थान पक्का गरेका छन्। मेक्सिको १६औं तथा कोस्टारिकाले पाँचौ पटक विश्वकपमा स्थान बनाएका हुन् ।

दक्षिण अमेरिकाबाट छनोट भएको पाँच पटकको विश्वविजेताब्राजिल सबै विश्वकपमा छनोट हुने एकमात्र टिम हो । अफ्रिकाबाट नाइजेरिया र इजिप्टले विश्वकपमा स्थान बनाएका छन्। नाइजेरियाले छैटौं पटक विश्वकप खेल्न लागेको हो। इजिप्ट तेस्रो पटक विश्वकपमा छनोट भयो । पछिल्लो पटक इजिप्टले सन् १९९० को विश्वकप खेलेको थियो ।

विशेष