समाज

जिप दुर्घटनामा दुर्इकाे मृत्यु

जिप दुर्घटनामा दुर्इकाे मृत्यु

ताप्लेजुङ । पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार पाथीभरा सडकखण्डमा दुर्घटना हुँदा जिपमा सवार उर्लाबारी–४ की २५ वर्षीया अनिता थापा घिमिरे र ३० वर्षीय होमराज घिमिरेको मृत्यु भएको हो । 

अनिताको घटनास्थलमै तथा होमराजको उपचारका क्रममा जिल्ला अस्पताल ताप्लेजुङमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए । दुर्घटनामा परी उर्लाबारी–४ का २० वर्षीय अनिलजङ्ग थापा, २६ वर्षीय दिलीप घिमिरे र चालक इलाम निवासी अमित श्रेष्ठ घाइते भएका छन् । 

घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप ब्रेक फेल भई सडकबाट झण्डै २०० मिटर तल खसेको थियो । 

Taplejung

विशेष