खेल

स्वीजरल्याण्डको म्याराथनमा नेपाली प्रथम

स्वीजरल्याण्डको म्याराथनमा नेपाली प्रथम

स्वीजरल्याण्डमा भएको अल्ट्रा म्याराथनमा नेपालकी रोजिना भण्डारी प्रथम भएकी छिन् ।

स्वीजरल्याण्डको कन्र्समा सन् २०१७ अगष्ट १९ मा सञ्चालन भएको ६४ कि.मि. महिला म्याराथनमा त्रिभुवन आर्मी क्लबकी सिपाही रोजिनाले नेपालको प्रतिनिधित्व गर्दै ९ घण्टा २ मिनेटमा उक्त दुरी पुरा गर्दै प्रथम भएकी हुन् ।

त्यस्तै सोही स्थानमा भएको ५५ कि.मि महिला टिम ट्रबलस्टोक अल्ट्रा म्याराथनमा पनि रोजिना र नेपालबाटै सहभागी भएकी सुश्री पुन लक्ष्मी न्यौपानेको टोलीले उक्त दुरी ९ घण्टा १७ मिनेटमा पार गर्दै प्रथम स्थान हाँसिल गरेका छन् ।

उक्त प्रतियोगितामा विभिन्न देशका टोलीले सहभागीता जनाएका थिए ।

 

marathon switzerland

विशेष