बलात्कारी बाबा रामरहिममाथि चार सय जनालाई नपुंसक बनाएको आरोप
एजेन्सी । बाबा रामरहिमले आफ्ना चार सय जना अनुयायीलाई नपुंसक बनाएको खुल्न आएको छ । भारतको हरियाणा प्रान्तमा चलिरहेको एक बलात्कारको अभियोगमा दोषी ठहर भएका उनीमाथि २० वर्ष जेल सजाय सुनाइसकिएको छ ।
रामरहिमको समर्थनमा प्रदर्शनमा उत्रीएका सयौं अनुयायीहरुलाई यसअघि प्रहरीले गिरफ्तार गरेको थियो । तीमध्ये केहीले प्रहरीसमक्ष आफूलाई नपुंशक बनाइएको बयान दिएका थिए । प्रहरीको चिकित्सक टोलीले अहिलेसम्म ४ जना लाई नपुंसक बनाएको फेला पारेको छ । नपुंशक प्रमाणित भएका चारैजना प्रहरीको रिमाण्ड होमबाट रिहा भएका छन् ।
रामरहिमले सिरसा डेराको गुफा नजिक सेवा गर्ने सन्तहरुलाई एक एक गर्दै नपुंसक बनाएको मुद्दा अदालतमा चलिरहेको छ । ती सन्तहरु करिब ४०० जनाको हाराहारीमा छन् ।