मुख्य समाचार

गौचनको हत्याको जिम्मेवारी मनोज पुन समूहले लियो

काठमाडौंकै एसएसपीलाई फोन गरी हत्याको जिम्मेवारी

गौचनको हत्याको जिम्मेवारी मनोज पुन समूहले लियो

काठमाडौं । गत वर्ष बुटवलमा युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या गर्ने समूहले नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्याको जिम्मेवारी लिएको छ । काठमाडौंका एसएसपी रवीन्द्र धानुकलाई मनोज पुन समूहका एक व्यक्तिले विदेशबाट फोन गरी घटनाको जिम्मेवारी लिएको बताइएको छ । प्रहरीले पनि सो समूहले करोडौँ पैसा मागेको र नदिएपछि हत्या गरेको हुन सक्ने आशंका गरेको छ । 

सोमबार दिउँसो घरबाट निस्किएलगत्तै शान्तिनगरमा गोली हानी गौचनको हत्या गरिएको थियो । बाटोमा कुरेर बसेका सुटरहरूले उनलाई गाडीमा बस्ने बितिक्कै गोली हानेका थिए ।
सिभिल अस्पताल पु¥उँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
तिवारीको हत्या गत माघमा रुपन्देही देवदहका मनोज पुनको समूहले गरेको थियो । गौचनलाई पनि सोही समूहले गोली हानेको सूचना प्रहरीले पाएको छ । पुन भारतमा बसेर अन्डरवल्र्ड चलाउँदै आएका छन् ।

 

विशेष