मनोरञ्जन

मिस वल्ड नै म्याडम परेपछि खोसियो ताज

मिस वल्ड नै म्याडम परेपछि खोसियो ताज

ढाका । यसै हप्ता ‘मिस वर्ल्ड बंगलादेश’को ताज पहिरिएकी मोडल जन्नतुल नइमले झुठ बोलेको पत्ता लागेपछि उनको ताज खोसिएको छ ।

२७ वर्षीया जन्नतुल नइमले गत सेप्टेम्बर २९मा ‘मिस वर्ल्ड बंगलादेश–२०१७’ बन्न सफल भएकी थिइन् । ‘मिस वर्ल्ड बंगलादेश’को लागि प्रतियोगी अविवाहित हुनुपर्ने नियमअनुसार ताज पहिरिएको ६ दिनपछि गत बुधबार उनी बिवाहिता रहेको खुल्न आएको थियो ।

पेशाले वकील रेहकी उनी मोडलिङ पनि गर्दै आइरहेकी छिन् । उनले १६ वर्ष कै उमेरमा विवाह गरेको प्रमाण भेटिएपछि बंगलादेश सरकारले उनको ताज खोसेको हो । उनको बिवाह सन् २०१३ मै भएको र तीन महिनापछि सम्बन्ध बिच्छेद भएको बंगलादेश सन्चारमाध्यमले उल्लेख गरेका छन् । त्यसपछि उनी उनी ढाका आएर मोडलिङ गर्दै कानुनको पढाइ पुरा गरेकी थिइन् ।

 ‘मिस वर्ल्ड बंगलादेश’ आयोजक कमिटीले नइमले प्रतियोगीको लागि चाहिने आधारभुत योग्यता नभएको र ताज जित्नको लागि झुठो बोलेको आरोप लगाएको छ ।

सानै उमेरदेखि मोटरसाइकल चलाउन सिकेकी उनी बंगलादेशमा ‘लेडी बाइक राइडर’को रुपमासमेत चिनिन्छिन् ।

उनको ताज खोसिएपछि फेसबुकमार्फत उनले १६ वर्षको उमेरमा वाध्यताले बिवाह भएकोले आफुले यसलाई विवाह भन्न नचाहेको बताएकी छन् । उनले लेखेकी छन्, ‘माध्यामिक तहको पढाई पुरा नहुँदै जर्वजस्ती बिवाह गरिदिए त यसमा मेरो के गल्ति छ ?’

 प्रतियोगीता आयोजक कमिटीले प्रतियोगीताको नियमअनुसार अबिवाहित महिलामात्रै भाग लिन सक्ने भएकोले उनको ताज फिर्ता लिएको बताएको छ । कमिटिले उनको ताज खोसिएपछि उक्त प्रतियोगीताको ुफस्ट रनरअपु जेसिया इस्लामलाई दिइने घोषणा गर्दै आगामी मिस वर्ल्ड प्रतियोगीतामा बंगलादेशको तर्फबाट जेसियाले भाग लिने उल्लेख गरेको छ

विशेष